मेगा बैंकको थप ६ वटा नयाँ एक्सटेनसन काउन्टर

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले थप ६ वटा नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेको छ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सुनसरी जिल्लाको बराहा नगरपालीकाको चक्रघाँटी र कोशी गाउँपालीकाको लौकहिमा, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकामा, गुल्मी जिल्लाको रुरु गाउँपालीकामा, धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालीकाको तारापाटीमा र पाल्पा जिल्लाको माथागढी गाउँपालीकामा गरि ६ नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेकोे हो ।

यो सँगै मेगा बैंकको एक्सटेनसन काउन्टर संख्या १४ पुगेको छ । ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एक्सटेनसन काउन्टर विस्तारलाई तीव्रता दिइरहेको छ ।

आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्