रियालिटी सो ‘को बन्छ करोडपति’को रजिष्ट्रेसन खुल्ला

काठमाडौं -टेलिभिजन रियालिटी सो ‘को बन्छ करोडपति’को रजिष्ट्रेसन खुलेको छ। आगामी भदौ दोस्रो साताबाट एपी वान टेलिभिजन प्रसारण हुने ‘को बन्छ करोडपति’ मा १८ वर्ष पुगेका नेपाली नागरिक सहभागी हुन सक्नेछन्। आयोजकका अनुसार कार्यक्रममा सहभागीता जनाउन ३१०३१ मा एसएमएस गरि रजिष्ट्रेसन गर्न सकिने छ।

एसआरबिएन र एपी वान टेलिभिजनको सयुक्त आयोजनामा प्रसारण हुने कार्यक्रमको प्रस्तोता राजेश हमाल रहने छन्। एसआरबिएनका प्रमुख कार्यकारी अधिकृत बिपिन आचार्यले अहिले १ देखि ६ इपिसोडका लागि साउन महिना भरि रजिष्ट्रेसन खुला गरिएको बताए।

उनले भने, ‘३१०३१ मा एसएमएस गरि रजिष्ट्रेसन भएका मोबाइल नम्बरलाई अडिसनमा सहभागीता जनाउन सिस्टमले छनोट गर्नेछ। त्यसपछि अडिसनबाट छनोट हुनेलाई केबिसीको फास्टेस्ट फिङ्गर फास्टमा सहभागी गराइने छ।  नेपाल पनि केबिसी बेलायतमा पालना गरिने भएकाले फास्टेस्ट फिङ्गरको लागि छानिएका मध्ये १० जना छिटो उत्तर मिलाउने भाग्यमानीले हट सिटमा गई एक करोडको लागि गेम खेल्ने छन्।’

केबिसीको अडिसन सातै प्रदेशमा गरिने आयोजकको भनाई  छ। खेलमा अडियन्स पोल, फोन–अ–फ्रेण्ड, फिप्टी-फिप्टी गरि तीन लाइफ लाइन हुनेछन्।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्