साइबर सुरक्षाबारे ज्ञान, सीप हासिल गर्न दुई दिने सम्‍मेलन हुने

काठमाडौं-इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टीम नेपालले साइबर सुरक्षालाई मध्‍य नजर गर्दै जुलाई २७ र २८ तारिखमा ‘साइबर सुरक्षा शिखर सम्मेलन’को आयोजना गरेको छ। मंगलबार राजधानीमा पत्रकार सम्‍मेलन गरी ‘साइबर सुरक्षाका लागि विश्वव्यापी सञ्जाल’ निर्माणको मूल उद्धेश्यसहित सो सम्मेलन गर्न लागेको जानकारी दिइएको हो।

काठमाडौंको लाजिम्पाटमा रहेको होटल र्‍याडिसनमा हुने यो समिटको मूल नारा बिल्डिङ्ग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स रहेको छ।समिटको मूख्य सहभागीहरु सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरु, र विभिन्न क्षेत्रका सिकारुहरु हुने आयोजकले जानकारी दिए।

यसका साथै उक्त समिटको पूर्वसंध्यामा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नास्ट)ले एक दिने प्रि-समिट कार्यशाला आयोजना गर्नेछ, जसलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहज गर्नेछन्, जून समिटको दिनमा पनि निरन्तर हुनेछ।

समिटको अवधिभर सहभागीहरु साइबर सुरक्षासम्बन्धि विषयहरुमा छलफल र अनुभव आदानप्रदान गर्नेछ भने यो क्षेत्रका व्यवसायीक र उद्योगीहरुका बिचमा सम्बन्ध विस्तारको अवसर पनि हुनेछ।

यो समिटको उद्धेश्य भनेको साइबर सेक्यूरिटीको क्षेत्रमा भएका फरक फरक ज्ञान र सिपका साथै विभिन्न अनुभवहरु एक आपसमा साट्नु हो। समिटले नयाँ पुस्तालाई ससक्त बनाउनेछ र विश्वभरबाट आउने विभिन्‍न सरोकारबाला निकायहरुलाई एकै थलोमा समेट्नेछ। यसले वर्तमान साइबर सेक्यूरिटी ट्रेण्डको अध्ययन र छलफलबाट साइबर सेक्यूरिटी थ्रेटहरुलाई रोक्न ससक्त आधार तयार पार्नेछ।

यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्‍न कार्य प्रस्तुति, प्यानल डिस्कसन, र किनोट लेक्चर दिईनेछ। सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबिच अन्तरक्रिया गर्न सक्ने छन्।

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ लाई लगप्वाइन्ट, सिस्को र चेकप्वाइन्ट सफ्टवेयर टेक्नोलोजीजले प्रायोजन गरेका छन्। यो समिटलाई संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, कम्यूटर एसोसिएसन अफ नेपाल, इन्टरनेट सोसाईटी नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन्।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्