५४ जना स्नातक उत्तीर्ण छात्रालाई जनही ६ हजार पुरस्कार

जनकपुर – धनुषाको मिथिला नगरपालिकाले ५४ जना स्नातक उत्तीर्ण छात्रालाई जनही ६ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

मिथिला नगरपालिकाको ‘मिथिलाको चाहना घरघरमा साहना’ अभियान अन्तर्गत नगरपालिका भित्रको ५४ जना स्नातक उत्तीर्ण छोरीलाई पुरस्कार प्रदान गरेको हो ।

यस अभियानले प्रदेश नं. २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ अभियान’ लाई पनि सार्थक तुल्याउने देखिएको छ ।

नगरपालिकाको दोश्रो नगरसभाको अवसरमा छोरी पढाउन अविभावकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले छोरीलाई जनही ६ हजार नगदसहित सम्मान र अविभावकलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको हो ।

यस्तो अभियानलाई निरन्तरता दिने र बर्सेनि स्नातक उत्तीर्ण छोरीलाई पुरस्कार प्रदान गर्ने नगरपालिकाका मेयर हरिनारायण महतोले बताएका छन् ।

असार २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्