उपराष्ट्रपति कपका लागि कैलालीको महिला टिम छनोट

धनगढी- रौतहटमा हुने उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताका कैलालीबाट महिलाको टीम छनोट भएको छ।

अखिल नेपाल फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिताका लागि मंगलबार धनगढी १२ जुगेडास्थित मनकामना युवा क्लवको खेल मैदानमा खेलाडी छनौट भएको थियो।

कैलालीका विभिन्‍न स्थानबाट एक सयभन्दा बढी महिला खेलाडी सहभागिमध्ये दुई जना बैकल्पिक खेलाडिसहित १८ जानको टिम तयार गरेको कैलाली जिल्ला फुटवल संघका सदस्य तथा खेलाडी छनौट समितिका सदस्य चन्द्र बमले जानकारी दिए।

कैलालीको महिला टोलीमा रेबिका पाण्डेय, वसौती नाथ, तुलसी माझी, अस्बिना तामाङ्ग, मोनिका पुलामी मगर, गंगा अधिकारी, मनकुमारी चौधरी, महिमा चौधरी, शुसिला चौधरी, ललीता रावल, कमला विष्ट, अप्सरा भुसाल, सुस्मीता दबाडी, प्रतिक्षा चौधरी, सिर्जना सुनार छन्।

त्यस्तै, कल्पना बिष्ट र सरस्वती रोकायालाई वैकल्पिक खेलाडीमा छनौट गरिएको छ। रौतहटमा हुने उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटवल प्रतियोगिताको कैलालीले पहिलो खेल ३१ गते खेल्ने छ।

प्रतियोगिताका लागि कैलालीको टोली २८ गते रौतहट जाने तालिका तय भएको कैलाली फुटबल संघले जनाएको छ।

असार २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्