थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको संयुक्त बैठकले आगामी मंसिर मसान्तसम्म थप ५० हजार सक्रिय सदस्य बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलबार शुरु भएको उक्त बैठकले आगामी चैत मसान्तभित्र प्रदेश अधिवेशन र संयोजित संगठनहरूको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए।

पार्टीले आगामी पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्यसमिति गठन तथा पुनःगठन गरी २०७६ भदौ १५ गतेभित्र प्रदेशस्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी आगामी पुस मसान्तभित्र संयोजित संगठनहरूको गाउँ तहसम्म कार्यसमिति गठन गर्ने र २०७६ साउनभित्र हिन्दुराष्ट्र पुनःस्थापनार्थ राष्ट्रिय जनजागरण अभियानको प्रदेशस्तरीय कार्यक्रम शुरु गर्ने निर्णय पनि भएको छ।

असार २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्