भक्तपुर – अबिरल वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण भक्तपुर डुबानमा परेको छ ।

भक्तपुरका हनुमानघाट, महेश्वरीसहितका ठाउँमा बाढी आएको छ । बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण घरमा रहेका सामान पनि भिजेको स्थानीय बासिन्दा रुकेश सुवाल र निशा कुश्माले बताएका छन् ।

 

असार २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्