टाइगर र दिशाले एउटा विज्ञापनका लागि मागे ५ करोड

बलिउडमा जोडी भनेर चिनिने टाइगर स्रफ र दिशा पाटनीले एउटा टेलिभिजन विज्ञापनको लागि ५ करोड लिने बताएका छन्। बागी–२ को सफलतापछि यो जोडीले विज्ञापनमा काम गरेबापत ५ करोड लिने बताएका हुन्।

स्रोतका अनुसार, ‘नाम चलेको तेल कम्पनीले आफ्नो मार्केटिङ्ग शारीरिक सुगठनसँग जोडेर गर्न लागेको थियो। त्यसको लागि दिशा र टाइगर उपयुक्त ब्राण्ड एम्बासिडर हुन सक्ने कम्पनीले निर्णय गरेको थियो। यो भन्दा अगाडि यी दुईसँगै विज्ञापनमा काम नगरेको कुरालाई पनि ख्याल राखिएको थियो।

टोलीले जब यी दुईलाई प्रस्ताव राख्यो, उनीहरुले त्यसका लागि ५ करोड रुपैयाँ भारु शूल्क लाग्ने बताए। आफ्नो अहिलेको स्टारडम हेरेर उनीहरुले माग गरेको रकम दिनका लागि कम्पनी तयार भएको छ। उनीहरुले सम्झौता गरिसकेका छैनन् तर अन्तिम चरणमा पुगेको छ।

दिशा र टाइगरले ठूला प्रोजेक्टको लागि साइन गरिसकेका छन्। टाइगर ‘स्टुडेन्ट अफ द इयर–२’ र दिशा सलमान खानको चलचित्र ‘भारत’ मा काम गर्दैछिन्।

असार २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्