छोरी सारासँग फिल्‍म खेल्‍दै सैफअलि खान

एजेन्सी- बलिउड अभिनेता सैफअलि खानकी छोरी सारा अलि खानले बलिउड फिल्‍म उद्योगमा डेब्यू गर्ने भएकी छिन्। आउँदो २८ नोभेम्बरबाट रिलिज हुने फिल्‍म ‘केदारनाथ’बाट डेब्‍यू गर्ने भएकी हुन्। उनी सुशान्त सिंहराजपूतसँग देखिने भएकी छिन्।

तर भारतीय सञ्‍चार माध्‍यममा भने साराकी पिता बलिउड अभिनेता सैफअलि खान पनि सँगै देखिने बताइएको छ। फिल्‍ममा पनि उनीहरु पिता र पुत्रीको भूमिकामै देखिने बताइएको छ।

नितिन कक्कडले गर्नेछन् फिल्‍मको निर्देशन

फिल्‍ममा पितापुत्री सँगै आउने भएपछि सैफले यतिबेला निर्देशक नितिन कक्कडमा फिल्‍मको बारेमा नजिक भएर कुरा गरिरहेका छन्। नितिनले सारालाई पनि फिल्‍ममा लिने निर्णय गरेका छन्। फिल्‍ममो नाम भने अहिले बताइएको छैन। तर फिल्‍ममा उनीहरु पिता-पुत्रीको भूमिकामा देखिने छन्।

सबैको सल्लाहसुझाव पछि राखिनेछ टाइटल

फिल्‍मको बारेमा निर्देशक नितिन कक्कडले भनेका छन्, ‘अहिले फिल्‍मको बारेमा धेरै बताउन चाहन्‍न।मिति भने फाइनल गरेर फिल्‍मको सुटिङ सुरु गर्छौ। हामीसँग फिल्‍मका धेरै शीर्षकहरु छन् । तर सबैको रायसुजावमा मात्र फिल्‍मको शीर्षक टुंग्‍याउँछौ।’

फिल्मिस्तान बनाइसकेका छन् नितिनले

निर्देशक नितिनले यसअघि ‘फिल्मिस्तान’ तथा ‘श्शशशश… र ‘फिर कोइ है’ लगायतका फिल्‍म निर्देशन गरिसकेका छन्। अहिले केही फिल्‍ममा पनि सुटिङको निर्देशनमा व्‍यस्त छन् नितिन। उनको ‘फिल्मिस्तान’को भने फिल्‍मी बजारमा खुबै प्रशंसा गर्ने गरिएको छ।

असार २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्