सडकमा खनिएको खाल्डोको पानीमा डुबेर बालिकको मृत्यु

विर्तामोड-निर्माणाधीन सडकमा बनाइएको खाल्डोमा परेर झापा भद्रपुर १ की एक बालिकाको मृत्यु भएको छ।

चारआली–केचना सडक बनाउँदा खनिएको खाल्डोमा डुबेर भद्रपुर नगरपालिका १ हिमाली चोक निवासी राजु तामाङको अढाई वर्षिया छोरी रेविकाको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार बुधवार बेलुका ७ बजे घर छेउ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयबासीले बालिकालाई देखेका थिए।

डुबेर बेहोस भएका बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। बालिका खेल्ने क्रममा नहरमा पुगेको हुनसक्ने प्रहरीको अनुमान छ।

यता, बालिकाको खनिएको नालामा डुबेर मृत्यु भएपछि आफन्तजन तथा स्थानीयबासी आक्रोसित बनेका छन्। उचित क्षतिपूर्तिसहित नाला नपुरे विरोधमा उत्रिने-  स्थानीयबासीले चेतावनी दिएका छन्।

सोही सडकमा गत वर्ष पनि भद्रपुरको एसपी मोड छेउमा त्यस्तै खाल्डोको पानीमा डुबेर एक बालकको मृत्यु भएको थियो भने एक बालक गम्भीर घाइते भएका थिए।

असार २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्