नविल बैंक राष्ट्र बैंकको मौद्रिक नीति पालना गर्ने पहिलो बैंक

काठमाडौं-राष्ट्र बैंकले भर्खरै गरेको मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तर सम्मका कर्मचारीहरुलाई तालिम दिने प्रावाधान कार्यान्वयन गर्ने प्रथम बैंक नबिल बैंक भएको छ।

नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एन.बी.आई) बीच बिहीबार सो तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एन.बी.आईद्वारा संचालित अन्तर्राष्ट्रिय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ।

उक्त सम्भौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह र एन.बी.आईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर गरेका छन्।

असार २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्