सेरेना विलियम्स विम्बल्डन टेनिसको फाइनलमा

अमेरिकी सेरेना विलियम्स विम्बल्डन टेनिसको सफाइनलमा पुगेकी छन् । विवाह र त्यसपछि छोरी जन्मिएका कारण लामो समय कोर्ट बाहिर रहेकी सेरेनाले विम्बल्डन मार्फत शानदार कमब्याक गरेकी छन् ।

उनले अब फाइनलमा उपाधिका लागि जर्मनीकी एन्जेलिका करबरसँग प्रतिस्पर्धा गर्ने छिन् । पूर्व विश्व नम्बर एक अमेरिकी सेरेनाले सेमिफाइनलमा जर्मनीकी जुलिया गोर्जेसलाई हराएकी हुन् । सेरेनाले सेमिफाइलमा गोर्जेसको चुनौती ६-२ र ६-४ को सोझो सेटमा पार गरेकी हुन् ।

यस्तै करबरले लात्भियाकी जेलेना ओस्तापेन्कोलाई हराएर विलियम्ससँगको भेट पक्का गरेकी हुन् । करबरले ओस्तापेन्कोलाई ६-३ र ६-३ को सोझो सेटमा हराएकी हुन् ।

फाइनल खेल शनिबार हुनेछ । यो फाइनल सन् २०१६ को फाइनलको पुनरावृत्ति जस्तै हो । त्यो बेला पनि सेरेना र करबर नै भिडेका थिए । जसमा सेरेना विजयी भएकी थिइन् ।

सेरेना कीर्तिमानी २४ औँ ग्राण्डसलाम उपाधिको होडमा छिन् । यस्तै गएको सेप्टेम्बरमा छोरी जन्माएपछिको यो उनको पहिलो फाइनल खेल हो ।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्