अर्जेन्टिनाका रेफ्रीले खेलाउने भए विश्वकप फाइनल

रुसमा जारी विश्वकप फुटबलको फाइनल खेल आउँदो आइतबार राति मस्कोमा हुँदैछ । बेल्जियमलाई हराएर फ्रान्स तथा इंग्ल्याण्डलाई हराएर क्रोएसियाले फाइनलमा स्थान पक्का गरिसकेका छन् । दुवै टिम अहिले फाइनलको अन्तिम तयारीमा जुटेका छन् ।
मस्कोमा हुने फाइनल खेल कसले खेलाउने भन्ने पनि तय भएको छ । अर्थात फ्रान्स र क्रोएसियाबिचको फाइनलमा रेफ्री को रहने भन्ने टुंगो लागेको छ । अर्जेन्टिनाका रेफ्री नेस्तोर पितानाले फाइनल खेलाउने भएका छन् ।
पिताना आफ्ना सहयोगीको टिमसहित फाइनल खेलाउने रेफ्रीका रुपमा चयन भएका हुन् । हेर्नान माइदाना र आन पाब्लो बेलात्तीले फाइनलमा पितानालाई सहयोग गर्नेछन् ।
Referee designations FWC 2018 Match 64: #FRA🆚#CRO (15 July) FINAL
Referee: Nestor PITANA (ARG)
ASR 1: Hernan MAIDANA (ARG)
ASR 2: Juan P. BELATTI (ARG)
4th Off. Bjorn KUIPERS (NED)
Res.Ass.Erwin ZEINSTRA (NED)@FIFAWorldCup pic.twitter.com/iqJmgyxZPk— FIFA Media (@fifamedia) July 12, 2018
४३ वर्षका फिलिकल एजुकेशन टिचर पितानाले रुस विश्वकपमा अहिलेसम्म चार खेलमा रेफ्रीको भूमिका खेलीसकेका छन् । उनले रुस र साउदी अरेबियाबिचको उद्घाटन खेल तथा समूह चरणमा मेक्सिको र स्वीडेनबिचको खेल खेलाए ।
यसैगरी अन्तिम १६ मा क्रोएसिया र डेनमार्क तथा क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सबिचको खेल पनि उनैले खेलाएका हुन् । पिताना सन् २०१० देखि अन्तर्राष्ट्रिय रेफ्री रहँदै आएका छन् ।
Referee designations FWC 2018 Match 63: #BEL🆚#ENG (14 July) Play-off for third place
Referee: Alireza FAGHANI (IRN)
ASR 1: Reza SOKHANDAN (IRN)
ASR 2: Moha. MANSOURI (IRN)
4th Off: Malang DIEDHIOU (SEN)
Res.Ass: Djibril CAMARA (SEN)@FIFAWorldCup pic.twitter.com/fmML3WdBaH— FIFA Media (@fifamedia) July 12, 2018