प्रस्तावित प्रधानन्यायाधीविरुद्ध उजुरी आह्वान

काठमाडौँ – संसदीय सुनुावाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ । बिहीबार बसेको समितिको बैठकले शुक्रबारदेखि सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो । दश दिनको समयसीमाभित्र सरोकारवाला तथा सर्वसाधरणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन् ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गर्न सूचना सार्वजनिक गरिएको संघीय संसद् सचिवालयका सहसचिव ध्रुव घिमिरेले बताए।

संवैधानिक परिषद्ले जेठ २९ गते प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस गरेको थियो । बिहीबार बसेको समितिको बैठकले सुनुवाइको कार्यविधि पारित गरेको छ । समितिले कार्यविधिमा सुनुवाइसम्बन्धी यसअघिका व्यवस्थालाई नै निरन्तरता दिएको छ ।

समिति सचिवालयमा उजुरी दर्ता गर्न वा इमेलबाट दिन पनि मिल्ने व्यवस्था छ। समितिले उजुरी अध्ययन गरेपछि उजुरीकर्तासँग पनि छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि समितिले पदाधिकारीलाई सुनुवाइका लागि बाृलाउनेछ।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्