रंगकर्मी नानी थापाले गरिन एक लाख सहयोग

काठमाडौँ – रंगकर्मी नानी थापाले आफ्नो जन्मदिनका अवसरमा सिन्धुपाल्चोक दोलालघाटको एकीकृत नमुना माझी बस्ति निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन् ।

उनले आफूद्धारा लिखित, निर्देशित र प्रस्तुत एकल नाटक जूनकिरीबाट संकलित एक लाख रकम एकीकृत नमुना माझी बस्ति निर्माणका लागि सहयोग गरेकी हुन् ।

नाट्यकर्मी अशेष मल्ल र आमा लिला थापाको हातबाट स्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका श्वेता खड्कालाइ उक्त रकम हस्तान्तरण गरिएको हो ।

सो अवसरमा नाटकको लेखकिय, निर्देशकिय प्रस्तुती र यसको विषयवस्तु तथा सान्दर्भिकताको बारेमा बहस कार्यक्रम समेत चलाइएको थियो । जसलाइ समालोचक जिके पोख्रेलले सहजिकरण गरेका थिए ।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्