लक्ष्मी बैंकका तीन नयाँ शाखा

काठमाडौँ लक्ष्मी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

यसका साथै लक्ष्मी बैंकको शाखा संजाल ४५ जिल्लामा ८९ वटा पुगेका छन् ।

३ हस्पिटल सेवा काउन्टर, १ सय ४ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स्, ५१ शाखारहित बैंकिङ्ग सेवा र ४ सय भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।

यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ ।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्