दैनिक भास्करका समूह सम्पादक कल्पेशको निधन

एजेन्सी- भारतीय पत्रिका दैनिक भास्करका समूह सम्पादक कल्पेश याग्निकको निधन भएको छ। विहीबार राति साढे १० बजे इन्दौरस्थित काम गर्दा गर्दै हृदयघातले च्‍यापेपछि मुम्बइस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

चिकित्सकका अनुसार उपचारको अस्पतालमा ल्‍याउँदा उनको हृदयको गति अन्तिम अवस्थामा पुगिसकेको थियो। तर चिकित्सकले राति २ बजे मात्रै उनलाई मृत घोषणा गरेका थिए। शुक्रबार उनको इन्दौरमा अन्तिम संस्कार गरिएको छ। उनका भाई निरजले कल्पेशलाई मुखाग्नि दिएका थिए।

सन् २१ जून १९६३ मा जन्मिएका उनी सन् १९९८देखि दैनिक भास्करमा समूह सम्पादकको रुपमा जोडिएका थिए। ५५ वर्षीय याग्निक एक प्रखर वक्ताका साथै चर्चित पत्रकार मानिन्थे। उनले जलस्रोतको बारेमा विशिष्ट रुपमा कलम चलाउँदै आएका थिए। शनिबार निस्किने उनको स्तम्भ ‘असम्भव के विरुद्ध’ देशभर चर्चित थियो।

उनको परिवारमा आमा प्रतिभा याग्निक, श्रमती भारती, दुई छोरी (शेरना र शौर्या) तथा भाई नीरज र अनुराग छन्।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्