विद्यार्थीलाई ५० हजारको छात्रवृत्ति प्राप्त गर्ने अवसर

काठमाडौ नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिकतहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ ।

ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स क्लब अफ काठमाडौं सिटिजन्ससँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रअनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ ।

यो समझदारी कोषको लागि नभए पनि अतिपिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता रहेको बताईएको छ ।

आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम वित्तिय सहयोग निकै आवश्यक रहेका एसईईमा सहभागी विद्यार्थीहरुका लागि रहेको ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल संदिप खनालले बताए ।

१ सय जना अतिपिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि  प्रतिविद्यार्थी रु. ५० हजार छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए ।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्