प्रदेश-३ का सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ३ का प्रतिनिधिसभाका सांसदहरुसँग छलफल गर्ने भएका छन्।

दिँउसो तीन बजे सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा ओलीले प्रदेश नम्बर-३ को विकास, योजना र कार्यक्रमबारे छलफल गर्न लागेका हुन्।

यसअघि प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ का राष्ट्रिय सभाका सांसदहरुसँग त्‍यहाँको विकास र समस्‍याका बारेमा प्रधानमन्त्री कार्यालयमा बोलाएर छलफल गरेका थिए।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्