तावा खोला किनारमा ५ हजार आँप र लिचीका बिरुवा राेपे स्थानीयले

सिन्धुली-खोलाले काटेर खेर गएको जमिनमा सिन्धुलीका स्थानीय बासिन्दाले झण्डै ५ हजार आँप र लिचीका बिरुवा रोपेका छन्। सिन्धुली र उदयपुरको सिमानामा पर्ने तावा खोलाले काटेर खेर गएको जमिनमा सिन्धुलीको दुधौली नगरपालिका–७ का स्थानीय बासिन्दाले ५ हजार बिरुवा रोपका हुन्।

सिन्धुलीको दुधौली नगरपालिका–७ का स्थानीयले जिल्ला भूसंरक्षण कार्यालय सिन्धुलीले उपलब्ध गराएको बाँस, आँप र लिचीका बिरुवा तावा खोला नदी नियन्त्रण उपभोक्ता समितिले रोपेको स्थानीय शैलैन्द्र घिमिरेले बताए।

स्थानीय १२ सय बाँसका बिरुवा, ४ सय ९३ लिची र २८ सय ४० वटा आँपको विरुवा गरी ४ हजार ५ सय ३३ रोपेका हुन्। वर्खा लागेसँगै आउने तावा ककरु खोलाले कटान गरेर खेर गएको जम्मा बाँध लगाएर बिरुवा रोपिएको हो। जिल्ला बाली संरक्षण अधिकृत श्रीदेव यादव प्रत्यक्ष संलग्नतामा झण्डै १५ विगाहा एैलानी जग्गामा बिरुवा रोपिएको छ।

बिरुवा रोपेसँगै उक्त क्षेत्रलाई चरिचरण निषेध गर्न भनेको बाली संरक्षण अधिकृत यादवले बताए । खोलाले खेत काटेर हैरान भएका सथानीय बासिन्दा जल उत्पन्न, भूसंरण र दुधौली नगरपालिकाको सहयोगमा २ किलो मिटर लामो बाँध लगाइएपछि भने केही राहत महसुस गरेका छन्।

उक्त बाँध अझै ३ किलो मिटर लामो लगाएर ५ किलो मिटर बनाउन लागिएको छ । खोलाले बर्षौनी खेत काट्दा सयौ विगाहा उर्वर भूमि मरुभूमि परिणत भएको थियो ।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्