कान्तिपुरको प्रधान-सम्पादकमा नारायण वाग्ले नियुक्त

काठमाडौं- कान्तिपुर पब्लिकेशन्सबाट प्रकाशित कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् ।
कान्तिपुर व्यवस्थापनले शुक्रबार पूर्व सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिँदै वाग्लेलाई थापाथलीस्थित कार्यालयमा स्वागत गरेको हो।
वाग्लेलाई कान्तिपुर र द काठमान्डु पोस्टका तत्कालिन प्रधान-सम्पादकद्वयले स्वागत गरेका थिए। यसअघि उनीहरुले कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाका रजनिशलाई अध्यक्षपछिको बरियता दिदैँ भित्र्याएपछि राजीनामा बुझाएका थिए।
Great to welcome back @narayanwagle as Editor in Chief of Kantipur. pic.twitter.com/KRfQqfKvsD
— Akhilesh Upadhyay (@akhileshU) July 13, 2018
वाग्लेले १० वर्षअघि कान्तिपुरको प्रधान-सम्पादकबाट राजीनामा दिएका थिए। यस लगत्तै उनले नागरिक दैनिकमा सम्पादक भएर काम गरे।
मदन पुरस्कार जितेको उनको उपन्यास ‘पल्पसा क्याफे’ विभिन्न भाषामा समेत प्रकाशित छन्।