भारतीय मुद्रामा कर्जा ल्याउन सकिने व्यवस्था तत्काल कार्यान्‍वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत भारतीय रुपैयामा पनि कर्जा ल्याउन सकिने गरि गरेको व्यवस्था तत्काल कार्यान्‍वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सर्वाेच्च अदालतको संवैधानिक ईजलालसले अधिवक्ता भद्र प्रसाद नेपाल ( स्वागत नेपाल)ले नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था खारेजीको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश सहित कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि नेपाल राष्ट्र बैंकलाई बोलाएको छ।

शुक्रबारको संवैधानिक ईजलासमा कायम मुकायम प्रधानन्यायाधिस दिपकराज जोशी, ओमप्रकाश मिश्र, चुलेन्द्र शमशेर जवरा, दिपककुमार कार्की र केदार प्रसाद चालिसेको संयुक्त ईजलासले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएको कार्यक्रम तत्काल कार्यान्नयन नगर्न आदेश दिएको हो।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्