एचएच बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा

काठमाडौँ – एचएच बजाजले आफ्नो नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ ।
बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा अटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको हो ।
एचएच बजाजले आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्यभूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने बजाजले जनाएको छ ।
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।