डा. केसीको समर्थनमा सांकेतिक विरोध

माइतीघर मण्डलामै बसेर बिरामी र सर्वसाधारणको चेकजाँच

काठमाडौं- जुम्लामा अनशरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

शुक्रबार उनीहरुले सांकेतिक विरोध स्वरुप खुला चौरमा बसेर विरामी चेक जाँच गर्दै सांकेतिक प्रदर्शनमा उत्रिएका हुन।

एप्रोनमै बीपी सेट बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले विरामीको जाँच पनि गरेका छन्। सडकमा हिँडिरहेका सर्वसाधारणको ब्लड प्रेसर चेक गर्नुका साथै सामान्य विरामी समेत मण्डलामै बसेर चेक जाँच गरेका छन्।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्