१० वर्षको जेल सजाय काट्‍न बेलायत छाडेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री नवाज सरीफ !

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भष्ट्राचार मुद्दामा १० वर्षको जेल सजाय सुनाएपछि उनी स्वदेश फर्किदैछन्।  पाकिस्थानस्थित ‘जवाफदेही अदालत’ले ३ वटा भष्ट्राचार मुद्दामा शरिफलाई १० वर्षको जेल सजाय सुनाएको थियो।

उनीसहित छोरी पत्नी अबुधाबी विमानस्थल हुँदै लाहोरतर्फ जाँदै छन्। लाहोर ओर्लिएपछि भ्रष्टाचार विरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब)ले उनको गिरफ्तारीका लागि १० हजार भन्दा धेरै सिपाही तैनाथ गरेर राखेको छ।

नवाजसँगै उनकी छोरी मरियम पनि पाकिस्तान फर्किँदैछिन्। उनलाई पनि भ्रष्टाचारको मामिलामा ७ वर्षको जेल सजाय तोकिएको छ। न्याबले बिहीबार मात्रै नवाज र मरियमलाई एयरपोर्टबाटै सीधा रावलपिन्डीको अदियाला जेल लैजाने बताएको छ।

छोरी मारियमले गरेको ट्विटमा नवाजले भनेका छन्, ‘नवाज सरिफलाई थाहा छ की उनलाई १० वर्षको जेल हुँदैछ। उनी जेल पनि जान्छन्। तर उनी यो सबै पाकिस्तानी जनताकव लागि गरिरहेका छन्। उनी आफ्नो जनताको लागि आफूलाई जेलको ढोकामा बलिदानी चढाइरहेका छन्।जुन आउँदा पुस्ताको भविष्‍य बनोस भनेर। ‘

उनले देशका जनतासँग आग्रह गर्दै पाइला पाइलामा साथ दिएर अगाडि बढ्‍दै देशमा परिवर्तन ल्‍याउनु पर्नेमा जोड दिएकी छिन्। उनले भनेकी छिन्, ‘ यस्तो मौका अब फेरि पटक पटक आउँदैन।’

नवाज सरीफ कहाँबाट पक्राउ पर्दैछन् ?


भ्रष्टाचार विरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब)ले उनलाई पक्राउ गर्ने वारेन्ट जारी गरेको छ। उनलाई पाकिस्तानको लाहौरबाट पक्राउ गर्ने अन्तराष्ट्रिय सञ्‍चार माध्‍यमले जनाएका छन्। तर उनलाई विमान भित्रै वा एयपरपोर्ट बाहिर कहाँ समात्‍ने भनेर आधिकारिक रुपमा भने पुष्टि भएको छैन।

लाहौरको स्थानीय प्रशासनका अनुसार नेशनल एकाउन्टेबिलिटी ब्यूरोका पञ्‍जाब निर्देशकले न्‍याबलाई पठाएको पत्र अनुसार नवाज र उनकी छोरी मरियमलाई पक्राउपछि लाहौरबाट रावलपिण्डिको जेलमा लैजाने तयारी गरिएको छ। जहाँ हेलिकोप्टर समेत मगाइ सकिएको छ।

यसका साथै एउटा हेलिकोप्टर लाहौर र अर्को हेलिकोप्टर इस्लामाबादको एयरपोर्टमा राखिनेछ। तर सरकारको तर्पबाट यसबारेमा कुनै आधिकारिक धारणा भने आएको छैन।

पक्राउ पश्‍चात शरीफ र छोरीलाई अदालतको सामुन्‍ने पेश गर्नु पर्ने बताइएको छ। किनकी अदालतको आदेश बिना जेल पठाउन नसक्‍ने प्रशासनले बताउँदै आएको छ। तर उनीहरु शुक्रबार त्‍यहाँ पुग्‍नु अगावै साँझ परिसकेको हुनेछ।

नेशनल एकाउन्टेबिलिटी ब्यूरोले यसको लागि छुट्टै तयारी समेत गरेको छ। उनीहरुलाई हिरासतमा राखेर अर्को दिन अदालतमा उपस्थित गराउनुका साथै जेल समेत पठाउने तयारी रहेको छ।

शरीफमाथिको मुद्दा के हो ?


पाकिस्थानस्थित ‘जवाफदेही अदालत’ले ३ वटा भष्ट्राचार मुद्दामा शरिफलाई १० वर्षको जेल सजाए सुनाएको थियो। सराफकि छोरी मरियम नवाजलाई पनि एक भष्ट्राचार मुद्दामा ‘जवाफदेही अदालत’ले ७ वर्षको जेल सजाय सुनाएको थियो।

१० वर्ष जेल सजाय सुनाइएका शरिफलाई ८० लाख पाउण्ड ( करिब १ अर्ब १६ करोड रुपैयाँ ) जरिमाना र उनकी छोरी मरियमलाई २० लाख पाउण्ड ( २९ करोड २० बीस लाख रुपैयाँ ) जरिमाना तिराउने अदालतले फैसला गरेको थियो।

यस्तै सराफकि छोरी मरियमका पति मुहम्मद सफदारलाई पनि अदालतले १ वर्षको जेल सजाय सुनाएको थियो।

उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन्। नेता शरिफ गत बर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएको थियो।

भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नु पर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनको बहिर्गमन भएको थियो । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ।

उनमाथि लागेको आरोपको शरिफ र उनका समर्थकहरुले अस्वीकार गर्दै आइरहेका छन्। उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दावी गर्दै आएका छन्।

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप शरिफमाथि थियो।

पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन्। धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको पाकिस्तानी इतिहास छ।

पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अदालतले मानहानीको आरोपमा अयोग्य घोषणा गरेको थियो।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्