दिनभर मौसम बदली हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार पनि सामान्यतया बदली हुने जल तथा मौैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्य स्तरको पानी पर्ने मौसमविद मञ्जु बासीले जानकारी दिइन् । केही दिनदेखि सक्रिय रहेको मनसुनी गतिविधि शनिबार पनि क्रियाशील रहेको छ ।

विज्ञापन

यस्तै मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । दिउँसो मौसम केही खुलेको जस्तो भए पनि बेलुका तिर देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले बताइन् ।

असार ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू