थाइल्याण्ड : गुफाबाट उद्धार गरिएकाहरु

थाइ बालकहरुको भिडियो सन्देश आयो : के के भने, के खाने इच्छा रहेछ ?

थाइल्याण्डको उत्तरी क्षेत्रको गुफाबाट उद्धार गरिएका १२ बालकले पहिलोपटक सार्वजनिक रुपमा बोलेका छन् । स्थानीय अस्पतालमा उपचाररत बालकको भिडियो सन्देश जारी भएको छ ।

फुटबल प्रशिक्षकसहित उनीहरुको गएको मंगलबार उद्धार भएको थियो । गुफामा फसेको १७ दिनपछि उद्धार गरिएका बालकले भिडियो सन्देशमार्फत सबैलाई धन्यबाद दिएका छन् ।

यस्तै उनीहरुले आफूहरुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताएका छन् । उद्धार गरिएका मध्येका एक अदुलले भनेका छन्, ‘म अहिले निकै ठीक छु ।’

अर्का बालक तितानले आफूहरुलाई गरिएको उद्धारका लागि संलग्न सबैलाई धन्यबाद दिएका छन् । मिगले आफू अहिले स्ट्रोङ्ग भएको बताएका छन् । यस्तै डमले उद्धारका लागि सबैलाई आभार व्यक्त गरेका छन् ।

उनीहरुले यसका साथै आफूहरुले खान चाहेको परिकारका बारेमा पनि बताएका छन् । कोहीले फ्राइड राइस, कोहीले केएफसीको परिकार त कोहीले सुशी र बिबिक्यु खान चाहेको बताएका छन् ।

यसअघि थाइल्याण्डको अस्पतालमा उपचाररत बालकको पहिलो भिडियो सार्वजनिक भएको छ । ‘मिसन इम्पोसिबल’ मानिएको जोखिमपूर्ण उद्धार अभियानबाट विश्वकपमा विभिन्न देशका उद्धारकर्मीले उनीहरुलाई सकुशल बाढी पसेको गुफाबाट बाहिर निकालेका हुन् ।

उपचार भइरहेका बालकको त्यो भिडियो पहिलो पटक सार्वजनिक भएको छ र उनीहरुले मास्क लगाएका छन् भने उनीहरु हस्पिटल गाउनमा थिए । अहिलेको भिडियोमा पनि उनीहरु गाउनमै छन् । उद्धारको क्रममा नर्तसिउन भनेर बालकहरु तथा प्रशिक्षकलाई बेहोस बनाइएको थियो ।

उद्धारमा खटिएका केभ डाइभर्सका अनुसार अँध्यारो, साँघुरो तथा पानीमुनिबाट निस्कनु पर्ने बाटोमा नर्तिउन र उनीहरुमा एन्जाइटीसहितका मनोवैज्ञानिक असर नपरोस् भन्नका लागि उद्धारको क्रममा बालक तथा उनीहरुका प्रशिक्षकलाई बेहोस बनाइएको थियो ।

गएको मंगलबार उद्धार अभियानले सार्थक रुप लिएको थियो । थाइ नेभी सिलका अधिकारीले झिनो आश वास्तविकतामा परिणत भएको बताएको छ । बालक तथा प्रशिक्षकलाई पोशषणविदको निगरानीमा अहिलेसम्म हलुका खाना मात्रै दिइएको छ ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण निस्कने बाटो बन्द हुँदा फसेका थिए ।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्