कभर्ड हल भत्कियो

डडेल्धुरा- डडेल्धुरा खेलकूद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएकोे छ । अमरगढी नगरपालिका वडा नं ४ खलंगामा ३४ वर्ष पहिले निर्माण भएको उक्त कभर्ड हल जीर्ण अवस्थामा रहेको थियो ।

जिल्लाको एकमात्र कभर्ड हल लगातारको वर्षाका कारण शनिबार भत्किएको खेलकूद विकास समितिले जनाएको छ । पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कभर्ड हल भत्किएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए ।

विगत एक वर्षदेखि राष्ट्रिय खेलकूद परिषद् र प्रदेश सरकारलाई इस्टिमेटसहित मर्मतका लागि अनुरोध गर्दै आएको भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा हल भत्किएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

स्थानीय निकाय अमरगढी नगरपालिकालाई पनि जीर्ण हलको मर्मत संहारका लागि निकै अनुरोध गरेपनि बेवास्ता गरिएको मगरले बताए ।

जिल्लाको एकमात्र कभर्ड हल भत्किदा जिल्लाका खेलकूदका कार्यक्रमसमेत प्रभावित हुने भएका छन् ।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्