क्रोएसियाका यी कप्तान जसले बम र बारुदको बीचमा फुटबल सिके

जब उनी ६ बर्षको थिए । उनको हजुरबुवालाइ गोली हानिएको थियो । उनको परिवार युद्ध क्षेत्रमा शरर्णार्थी थियो। उनी ग्रिनेटको विस्फोटको बिचमा हुर्किए, बढे । उनका प्रशिक्षक भन्छन् फुटबल खेल्नको लागी उनी असाध्यै कमजोर थिए। उनै लुका मोड्रिकले आफ्नो देश क्रोएसियालाई विश्वकप फाइनल सम्म पुर्‍याएका छन् । उनि टिममा कप्तान छन् ।

भत्काइएकाे लुका मोड्रिककाे घर

इङल्याण्डलाइ हराएर फाइनलमा स्थान पक्का गरेपछी मस्कोको लुजनिक रंगशाला बाहिर एक क्रोएसियाका फुटबल प्रशंसक ज्याकब मोटिस आइतबार फ्रान्ससंग हुने खेलको चुनौती लाइ लिएर चिन्तित देखिदैनन् । जो उनले भर्खर देखे उनलाई अझैसम्म पनी साँचो लागिरहेको छैन उनको टिम फाइनलमा पुग्यो भनेर । उनी भन्छन्, ‘तपाई लुका मोड्रिकलाइ चिन्‍नु हुन्छ नि ? उनी बारुदी सुरुङको बिचमा फुटबल खेल्थे । उनी जस्तै हामी पनि अलिकति पनि डराएका छैनौ । १७ बर्षका यी प्रशंसक ९० को दशकमा आफ्नो देशको जन्मको काहानी सुनेर ठूला भए ।’

मोड्रिक ती युवकहरु मध्यका एक हुन् जसले क्रोएसियाको फुटबलको एक स्वर्णिम कहानी लेख्‍न गइरहेका छन्। उनी र उनको टिमका केहि खेलाडीले आफ्नो बाल्यकालमा रगतको संघर्ष र १९९१ मा युगोस्लाभियाको पतन देखेका छन्।

स्लोबेनिया र क्रोएसियाको एकतर्फी स्वतन्त्रताको घोषणापछी युगोस्लोभियाको सेनाले युद्धमार्फत प्रतिक्रिया दियो । त्यही समयमा फैलिएको साम्प्रदायिक हिंसाका कारण टीमका उनका एक साथी बेद्रन कोर्लुका(टीमका सबैभन्दा प्रसिद्ध खेलाडि मध्ये एक)लाई पनि क्रोएसियामा शरणार्थीका रुपमा बस्‍न बाध्य पारिएको थियो ।

अन्य धेरैलाई देश छोड्ने परेको थियो। जस्तै इवान राकिटिच। उनी आफ्नो परिवारको साथ स्विजरल्याण्ड गएर बसे । क्रोएसियाको लागि खेल्नुभन्दा पहिला बार्सिलोनाका यी स्टार फुटबलर स्विजरल्याणको जुनियर फुटबलमा खेलिसकेका छन् ।

आफ्नो बाल्यकालमा विस्थापित भएका अर्का एक खेलाडी छन्, मारियो मान्जुकी । उनकोे निर्णायक गोलका कारण इंग्ल्याण्ड बिरुद्ध सेमिफाइनलमा क्रोएसियालाइ जीत हात परेको थियो । उनी जर्मनिमा आफ्नो परिवारसंग हुर्किए।

त्यस्तै सम्झना डिफेन्डर डेजान लोवरेन को पनी छ। युद्धको कारण उनको परिवारलाई पनी विस्थापित हुनु प¥यो । उनको परिवार जर्मन पुग्यो तर उनिहरु त्यहाँ शरणार्थी बन्न सकेनन् र सन् १९९० मा क्रोएसिया फर्किए।

तर, मोड्रिकलाइ आफ्नो देशमा नै बस्नु पर्‍यो । साचो यो पनी हो प्रतिद्वन्द्वीको रुपमा उनलाइ बारुदी सुरुङको सामना त गर्नु परेन तर सर्बिया सेनाको बमबारी सकिएपछि उनलाइ जेडारको सडमा खेल्नु पर्‍यो ।

ल्याण्डमाइन्स्का कारण आजपनि क्रोएसियामा एक ठुलो खतरा छ । तस्बिर; एएफपी

मोड्रिक र उनी जस्तै बालकहरुलाई शरणार्थी शिविर भन्दा टाढा नजानु भनेर चेतावनी दिइएको थियो । सन् २००८ मा उनले युद्धको बारेमा भनेका थिए-म मात्र ६ बर्षको थिए, वास्तवमा धेरै कठिन समय थियो त्यो । उनले भने-युद्धले मलाइ मजबुत बनायो, म यसलाइ सम्झन पनि चाहदैन र भुल्न पनि चाहदैन ।

करिव ४१ लाख जनसंख्या भएको क्रोएसिया सन् १९५० मा ब्राजिललाई हराउने उरुग्वेपछि वर्ल्डकप फाइनल पुग्‍ने सबैभन्दा सानो देश हो। इग्ल्याण्डविरुद्धको सेमिफाइनलको दिन एक पत्रिकाले सम्पादकिय लेख्दै भनेको-यदी मिलेर एक साथ काम गर्ने हो भने सानो देशले पनी ठूलो काम गर्न सक्छ।

देशको जितमा राष्ट्रपती कोलिन्दा ग्य्राबर किटारोविकपनी संगै हुन्छिन् रंगशालामा । सेमिफाइनलमा उनी टिमको जर्सी लगाएर प्रोटोकोल तोडेर मैदानमा गएकी थिइन्।

मोड्रिकको फुटबल यात्रा


३२ बर्षका लुका मोड्रिकले यहाँ सम्म पुग्नको लागी धेरै चुनौतीको सामना गर्दै आए। ९ सेप्टेम्बर १९८५ मा जन्मिएका मोड्रिक जब १० बर्षका थिए धरै प्रशिक्षकले कमजोर र लजालु भएको यसले फुटबल खेल्न सक्दैन भन्दै फर्काउने गर्दथे।

सन् २००६ मा उनले अर्जेन्टिना बिरुद्ध अन्तराष्ट्रिय फुटबलमा सुरुवात गरे । विश्वकप सेमिफाइनलसम्म उनले देशको लागि ११२ म्याच खेलिसकेका छन्। मोड्रिक इग्ल्याण्डमा फुटबल क्लब टोटनह्याम(२००८–१२)बाट पनी खेलीसकेका छन्। २०१२ देखी स्पेनिस क्लब रियल मेड्रिडबाट खेल्दै आएका छन्।

मोड्रिक दुनियाका सबैभन्दा महँगा फुटबल खेलाडी मध्य एकमा पर्छन् । ६ पटक क्रोएसिया फुटबलर अफ द ईयर बनिसकेका छन् । उनी एकमात्र क्रोएसियाका खेलाडी हुन् जसलाइ फिफाको वल्र्ड ११ टीममा परेका छन् ।

स्राेत: बीबीसी

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्