सानिमा बैंकद्धारा १० लाख आर्थिक सहयोग

काठमाडाैँ – सानिमा बैंकले टिच फर नेपाललाई १० लाख आर्थिक सहयोग सहयोग गरेको छ ।

शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने उदेश्यले १० लाख सहयोग गरेको बैंकले जनाएको छ । सानिमा बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेको प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए ।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताकासाथ टिच फर नेपाल बिगत ५ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल छ ।

बैंकले विगत ५ बर्ष देखि सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

हाल सम्म १ सय ८९ बिद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको बैंकले जनाएको छ ।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्