विश्‍वकप फुटवल

थिएरी हेनरीका फ्यान हरि खड्काको समर्थन फ्रान्सलाई

मस्को- २१ औं संस्करणको विश्वकप फुटबलको विजेताको टुंगो आज राती लाग्दै छ। पौने ९ बजे रुसको लुजनिकी रंगशालामा हुने फाइनल खेलमा पूर्व विजेता फ्रान्स र पहिलोपटक फाइनल पुगेको क्रोएसिया भिड्दैछन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान हरि खड्काले यस खेलमा फ्रान्सलाई समर्थन गर्दैछन्। ‘ यो प्रतियोगिता सुरु हुनु अघि मेरो समर्थन जर्मनीलाई थियो।

जर्मनीमा मैले फुटबल सिकेकाले यो टोलीसँग मेरो भावनात्मक सम्बन्ध छ। तर मैले खेल्दा फ्रान्सका थिएरी हेनरीको खेलबाट प्रभावित थिएँ। उनको फ्यान थिए। उनीबाटै प्रभावित भएरै मेरो छोराको नाम पनि हेनरी राखेको थिएँ’, पुर्व स्ट्राइकर खड्का भन्छन्।

उनले क्रोएसियाप्रति आफ्नो सुभेच्छा रहेको बताए।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्