दरवारमार्गमा विश्वकपको फाइनल हेर्नेको भीड

काठमाडौं- २१ औं संस्करणको विश्वकप फुटबलको विजेताको आज राति टुंगो लाग्दै गर्दा काठमाडौंको दरवार मार्गमा भने विश्वकप हेर्नेको भीड लागको छ।
पौने ९ बजे रुसको लुजनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा पूर्व विजेता फ्रान्स र पहिलोपटक फाइनल पुगेको क्रोएसियाबीच उपाधिका लागि घमासान भिडन्त भइरहेको छ।
दरवारमार्गमा फ्रान्स र क्रोएसियाका फ्यानहरु कोही ताली बजाउँदै हेरिरहेका छन् भने कोही परिवारसँग डिनर खाँदै विश्वकपको फाइनल खेल हेर्दै रमाइरहेका छन्। दरवारमार्गबाट हाम्री संसाददाता झरना राईले खिचेका केही तस्बिरहरु