गोल्डेन बल मोड्रिचलाई, बेस्ट यङ प्लेयर एमबाप्पे

मस्को- क्रोएसियाका कप्तान लुका मोड्रिच विश्वकप फुटबल २०१८ को सर्बोत्कृष्ट खेलाडी भएका छन्।

उनले गोल्डेन बल जितेका छन्। यसैगरी फ्रान्सका केलिइन एमबाप्पे बेस्ट यङ प्लेयर घोषित भए। एमबाप्पेले चार गोल गरेका थिए। मोड्रिचले दुई गोल गरे भने एक गोलमा एसिस्ट गरेका थिए।

सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट इङ्ल्यान्डका कप्तान हेरि केनलाई प्रदान गरियो। केनले प्रतियोगितामा ६ गोल गरेका थिए।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्