जितपछिको खुसी !

फ्रान्स विश्‍वविजेता बनेपछि पेरिसको इफिल टावरमा नागरिकले मनाए उत्सव

पेरिस- फ्रान्सले २० वर्षपछि विश्वकप फुटबलको उपाधि जितेपछि राजधानी पेरिसमा त्‍यहाँका नागरिकले भव्‍य उत्सव मनाएका छन्।

आईतबार राती सम्पन्‍न २१औं सस्करणको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हराएपछि पेरिसस्थित आइफिल टावरमा जम्‍मा भएका हजारौ नागरिकहरुले जितको खुसीयालीमा उत्सव मनाएका हुन्।

फ्रान्सका समर्थकहरुले हातमा फ्रान्सका राष्ट्रिय झण्डा बोकेर खुसियाली साटासाट गरेका छन् भने एक अर्कालाई अंगालो मारेर खेलाडिको तारिफ समेत गरेको अन्तराष्ट्रियस सञ्‍चार माध्‍यमले जनाएको छ।

मस्कोस्थित लुजनिकी मैदानमा भएको खेलमा फ्रान्सका सुरुका दुई खेलमध्ये एक गोल आत्मघाती र अर्को गोल पेनाल्टीमा थियो।

फ्रान्सका एन्टोइन ग्रिजम्यान,पल पोग्बा र केइलिन एमबाप्पेले एक एक गोल गरे। क्रोएसियाका मारियो मान्जुकिच र इभान पेरिसिचले गोल गरे।

मान्जुकिचबाट आत्मघाती गोल पनि भएको थियो। पेरिसिचकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो। पहिलो हाफमा २-१ गोलले अगाडि रहेको फ्रान्सले मध्यान्तरपछि दुई गोल थपेको थियो।

असार ३२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्