विश्वकप २०१८ : सपनादेखि विपनासम्म

रुँदै उचाले उपाधि, हाँस्दै बाँचे विश्वकप विपना

पहिलोपटक घरेलु मैदानमा विश्वविजेता बनेको थियो, त्यसको २० वर्षपछि विदेशी भूमिमा फ्रान्सले विश्वकपको उपाधि उचाल्यो ।

२० वर्षअघि अर्थात सन् १९९८ को विश्वकपमा टिमका खेलाडी रहेका डिडिएर डेसच्याम्पस यो विश्वकपमा टिमको प्रशिक्षक थिए । उनले खेलाडी र प्रशिक्षक दुवैको रुपमा उपाधि उचाले ।

अधिकांश युवा खेलाडीले भरिएको फ्रान्सले उपाधि उचाल्यो । मस्कोको फेरिएको मौसममा खेलाडीको उत्साह धेरै माथि पुग्यो । खेल हुन्जेल घाम लाग्यो, खेलाडी पसिना पसिना भए । तर उपाधि उचाल्ने बेला पानी पर्‍यो । र पनि फ्रान्सेली खेलाडीले त्यसको वास्ता गरेनन् ।

खेल सकियो, उपाधि जितेको थाहा भयो । कोही उफ्रिन थाले, कोही अँगालो हाल्न तर एक खेलाडी जसको भूमिका विश्वकप जित्नुमा सबैभन्द बलियो छ त्यो खेलाडीले भने आँसु थाम्न सकेनन् ।

ती हुन्, एन्टोनी ग्रिजम्यान । उनका आँखाबाट खुशीका आँसु झरे । एकछिन टोलाइरहे । विश्वकप सपना विपनामा परिणत भएको महसुस गरे अनि मात्रै उनी उत्साहमा सहभागी भए ।

विश्वकपको त्यो गोल्डेन ट्रफी सबैले एक एक गरेर उचाले, चुम्बन गरे, हेरिरहे । अनुहारको रंग फेरियो सबैको । आँसुबाट हाँसो र फेरि खुशीको आँसु हुँदै उत्सवमा परिणत भयो फ्रान्सेली टिमका लागि विश्वकप उपाधि ।

तस्बिर : गेट्टी इमेज

असार ३२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्