विश्वकप २०१८ : उपाधि र अवार्ड

कुन अवार्ड कसले जिते ?

फ्रान्स अब कम्तिमा चार वर्ष विश्व विजेता कहलिनेछ, उसले आइतबार राति मस्कोमा भएको विश्वकप फुटबलको फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै उपाधि जितेको छ ।

विश्वकपमा यो उपाधि मात्रै हुँदैन, विश्व फुटबलको प्रशासकीय निकाय फिफाको प्राविधिक अध्ययन समूह, टिएसजीले निर्णय गरेर विभिन्न अवार्ड प्रदान गरिन्छ ।

एडिडास गोल्डेन बल अवार्ड : लुका मोड्रिक


फाइनलमा पराजित भए पनि क्रोएसियाका ३२ वर्षे मिडफिल्डर लुका मोड्रिकले रुस विश्वकपको उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जिते । लुकाले टिमलाई ऐतिहासिक रुपमा फाइनलसम्मको यात्रा तय गराए ।

चार वर्षअघि फाइनलमा पराजित भएको टिम अर्जेन्टिनाका लियोनल मेस्सीले पनि प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितेका थिए ।

अहिले चार वर्षपछि मेस्सी जस्तै मोड्रिकको टिम पराजित भए पनि उनले गोल्डेन बल पाए । मोड्रिकले यो प्रतियोगितामा दुई गोल गरे भने एक गोलका लागि सहयोग गरे ।

एडिडास गोल्डेन ग्लोभ अवार्ड : थिबाउट कोउर्तोइस


बेल्जियमका गोलरक्षक कोउर्तोइसले उत्कृष्ट गोलरक्षकका रुपमा गोल्डेन ग्लोभ पाए । बेल्जियमले तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्यायो यसमा उनको भूमिका महत्वपूर्ण छ ।

उनले उत्कृष्ट बचाउ गर्दै टिमलाई धरैपटक उद्धार गरेका थिए । बेल्जियम प्रतियोगितामा एकपटक मात्रै पराजित भयो, सेमिफाइनलमा फ्रान्ससँग । गोरक्षकले तेस्रो स्थानका लागि भएको इंग्ल्याण्डसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे ।

फिफा योङ्ग प्लेअर अवार्ड : केलियन एमबाप्पे


फ्रान्सका एमबाप्पे स्टार खेलाडी लियोनल मेस्सी घर फकिँदै गर्दा विश्व स्तरमा उदायका युवा खेलाडी हुन् । अन्तिम १६ को खेलमा उनले अर्जेन्टिना विरुद्ध २ गोल गरे ।

समग्रमा चार गोल गरेका उनले फाइनलमा पनि गोल गरे । उनी पेलेपछि विश्वकपको एक खेलमा दुई तथा फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी हुन् । १९ वर्षका एमबाप्पेले विश्वभर पहिलो विश्वकपमा नै प्रभाव छाडेका छन् । उनी प्रतियोगिताको युवा खेलाडी घोषित भए ।

एडिडास सिल्भर बल अवार्ड : इडन हजार्ड


बेल्जियमले यो विश्वकपमा सबैभन्दा धेरै १६ गोल गर्‍यो । यसमा इडन हजार्डको भूमिका सानो छैन । तीन गोल गरेका उनले दुई गोलका लागि सहयोग गरे । उनी बेल्जियमले तेस्रो स्थानसम्मको यात्रा तय गर्दा कलात्मक खेलाडीको रुपमा स्थापित भए ।

एडिडास ब्रोन्ज बल, एडिडास सिल्भर बुट : एन्टोनी ग्रिजम्यान


ग्रिजम्यानले फ्रान्सको उपाधि यात्रामा नेतृत्वदायी भूमिका खेले । उनी फ्रान्सेली टिमका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । चार गोल गरेका उनले दुई गोलका लागि सहयोग गरे । र पाए ब्रोन्ज बल र सिल्भर बुट । किनकी उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी मध्ये एक ठहरिए ।

एडिडास गोल्डेन बुट : ह्यारी केन


\

६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पाए । चौथो भएको इंग्ल्याण्डलाई यहाँसम्म ल्याउनुमा उनको नेतृत्व र फिनिसिङ्गको भूमिका महत्वपूर्ण रह्यो ।

उनले ट्युनिसियासँगको खेलमा दुई तथा पानामासँगको खेलमा ह्याट्रिक गरे । यस्तै अन्तिम १६ मा कोलम्बियासँगको खेलमा एक गोल गरेका थिए ।

एडिडास ब्रोन्ज बल : रामेलु लुकाकु


लुकाकुको गोलले बेल्जियमलाई प्रतियोगितामा अघि बढायो । उनले चार गोल गरे । र जिते ब्रोन्ज बल ।

फिफा फेयर प्ले ट्रफी : स्पेन


स्पेनका लागि यो विश्वकप सम्झना लायक बनेने । समूह विजेता बने पनि स्पेन अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो, आयोजक रुससँग पराजित भएर ।

तर स्पेनका लागि मैदानमा खेलाडीको व्यवहार केही राहतको विषय बनेको छ । चार खेलमा स्पेनका दुई खेलाडीले मात्रै पहेँलो कार्ड पाए र ३४ पटक फउल भयो । यसले स्पेलाई प्रतियोगिताको फेयर टिम बनायो ।

असार ३२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्