विश्व विजेता किशोर

पेलेको बाटोमा एमबाप्पे

किशोर खेलाडी केलियन एमबाप्पेले आफूलाई अन्तर्राष्ट्रिय फुटबलमा आफूलाई नयाँ स्टारको रुपमा स्थापित गरेको पक्का गरेका छन् विश्वकप फुटबलको फाइनलपछि ।

क्रोएसियासँगको फाइनलमा गरेको उत्कृष्ट गोल र प्रभावशाली प्रदर्शनले उनले विश्व फुटबलको नयाँ स्टारको रुपमा ठाउँ पक्का गरेका छन् । यो खेलमा क्रोएसियालाई ४–२ ले हराएर फ्रान्सले उपाधि उचाल्यो ।

नकआउट चरणको पहिलो खेलबाट स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी घर फर्किएको अनि ब्राजिलका नेइमारले आश अनुसारको प्रदर्शन गर्न नसकेको विश्वकपको अन्त्यमा एमबाप्पेले आफूलाई स्थापित गरे । हुन सक्छ उनले विश्व फुटबलमा रहेको खाली पूरा गर्ने छन् ।

पेरिसको बाहिरी क्षेत्रमा हुर्किएका १९ वर्षे एमबाप्पेले यो विश्वकपमा उत्कृष्ट टच, क्लिनिकल फिनिसिङ्ग र उत्कृष्ट लयले प्रमाणित गरेका छन् ।

उनको गोलबाट, एमबाप्पे सन् १९५८ मा पेलेपछि विश्वकपको एउटै खेलमा दुई गोल गर्ने र फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी बनेका छन् । उनले विशेष गरी आफूलाई नकआउट चरणका खेलमा स्थापित गरे ।

विश्वकपका बेला बिबिसीका लागि फुटबल पण्डितको रुपमा काम गरेका विश्वकप खेलेका पूर्व जर्मन खेलाडी तथा प्रशिक्षक जर्गेन क्लिन्स्म्यानका अनुसार पिएसजीका एमबाप्पे खेलका उत्कृष्ट खेलाडी मध्ये एक बनेका छन् ।

उनले भने, ‘धेरै आउँन बाँकी नै छ । उनी बजारमा छिरेका छन् र छिर्दै तहल्का मच्चाएका छन् । रोनाल्डो युभेन्टस गए, पिएसजीका नेइमार अर्को क्लब जाने खबर आएका छन्, यी किशोर कहाँ पुग्छन् त ?’

अघिल्लो सिजन मोनाकोबाट ठूलो रकममा यो सिजन स्थायी हुने गरी पिएसजी आएका एमबाप्पेले आफ्नो फिनिसिङ्ग क्षमता प्रस्तुत गरेका छन्, विश्वको सबैभन्दा ठूलो मञ्चमा । उनले फाइनलको ६५ औँ मिनेटमा टिमका लागि चौथो गोल गरे ।

उनले खेलको अन्त्य मैदानमा नाचेर गरे, साथमा थिए उत्साहित साथी खेलाडीहरु । सबैले विश्व विजेता बनेको खुशी मनाए ।

‘म निकै खुशी छु । बाटो लामो छ, यो यात्रालाई सार्थक बनाएको छ । हामी फ्रान्सलाई खुशी दिन सकेकोमा खुशी छौँ’ एमबाप्पेले भने ।

‘म मात्रै फुटबलमा सीमित हुन चाहन्न, विश्व च्याम्पियन बन्ने सपना पूरा भयो । अझै राम्रो गर्न चाहन्छु, तर विश्व विजेता राम्रो छ । हामी उत्सव मनाउँदै छौँ, हामीले पूरै सिजन काम गरेका थियौँ र अहिले उत्सव मनाउने बेला आएको छ ।’

(रोयटर्सका लागि साइमन इभान्सले गरेको रिपोर्टिङ्ग, एड ओसामोन्डबाट सम्पादित लेखको अनुवाद)

असार ३२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्