विषालु च्याउ खाँदा दुई जनाको मृत्‍यु

दाङ- विषालु च्याउ खाँदा दाङमा दुई जनाको मृत्यु भएको छ। पानी परेसँगै जंगलमा च्याउ उम्रने गरेका छन्।जंगलमा उम्रिएको विषालु च्याउको तरकारी खाँदा दुई जनाको मृत्यु भएको हो।

गएको शुक्रबार बिषालु च्याउ खाएर गम्भिर बिरामी भएका घोराही उपमहानगरपालिका वडा नम्बर १९ पाँचपोखरी निवासी २० बर्षका बालाराम घर्ती र ५ बर्षकी प्रसंशा घर्तीको मृत्यु भएको वडा सचिव भिमबहादुर केसीले बताए।

विषालु च्याउ खाएर बिरामी भएर उपचारका लागि उनिहरुलाई कोहलपुर मेडिकल कलेजमा लगीएको थियो। दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो।अन्य पाँच जना गम्भिर बिरामी भएको वडा सचिव केसीले जानकारी दिए।

यस्तै मीनराज घर्ती, धनकली घर्ती, चित्रबहादुर घर्ती, ईउसरा घर्ती र गोमा घर्ती गम्भिर बिरामी रहेको वडाध्यक्ष हर्कबहादुर घर्तीले जानकारी दिए। तीन परिवारका सबै सदस्यले च्याउ खाएर बिरामी भएपछि कोहलपुर मेडिकल कलेजमा उपचारका लागि गएका थिए।

जिल्लाका विभिन्‍न स्थानमा विषालु च्याउ खादा विरामी हुने क्रम वढेपछि प्रहरी र स्थानीय सरकारले सार्वजनिक सूचना सार्वजनिक गरी सचेत रहन आग्रह गरेका छन्।

असार ३२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्