चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला हुँदै

काठमाडौँ – ‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने नारा सहित आउँदो बुधबारदेखि काठमाडौँमा चौथो व्यवस्थापन तथा आई टी मेला हुँदैछ। पाठशाला एजुकेशन फाउण्डेशनले साउन २ र ३ मा काठमाडौंको होटल अन्नपूर्णमा शैक्षिक मेला आयोजना गर्न लागेको हो।

मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्स लगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी दिए।

झण्डै ५६ वटा स्टलहरु रहने सो दुई दिने शैक्षिक मेलामा झण्डै सात हजार विद्यार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमै व्यवस्थापन तथा आई.टि.तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तर्राष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरेको पाठशाला एजुकेसन फाउण्डेशनका निर्देशक सुवाष दंगालले बताए। तेस्रो शैक्षिक मेलामा ५५०० विद्यार्थीहरुको सहभागिताले यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परिक्षा सकेर वसेका सात हजार विद्यार्थीको सहभागिता रहनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयवाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, छ वटा त्रिभुवन विश्वविद्यालय, तीन वटा पूर्वाञ्चल विश्वविद्यालय, दुई वटा काठमाडौँ विश्वविद्यालय, एक मध्यपश्चिम विश्वविद्यालय गरी पाँच वटा नेपाली विश्वविद्यालयका कलेजहरु, दुई वटा सि.ए. र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु जसमा यु.के., मलेसिया, अमेरिकी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए।

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्