म्याराडोना बने बेलारुसी क्लबको अध्यक्ष

अर्जेन्टिनाका लेजेण्ड फुटबलर तथा राष्ट्रिय पूर्व प्रशिक्षक डिएगो म्याराडोना बेलरुसको फुटबल क्लब डाइनामो ब्रेष्टको अध्यक्षमा नियुक्त भएका छन् ।

म्याराडोनालाई बेलारुसको क्लब डाइनामोले अध्यक्षका रुपमा सोमबार प्रस्तुत गरेको हो । म्याराडोनाले रुसमा भएको विश्वकप त्यहिँ गएर हेरेका थिए र उनका गतिविधि विश्वभरका सञ्चारमाध्यममा छाएका थिए ।

बेलारुसको प्रिमियर लिगमा छैटौँ स्थानमा रहेको ब्लब डाइनामो ब्रेष्टले गएको मे मा नै ५७ वर्षका म्याराडोना आउन लागेको घोषणा गरेको थियो ।

युएईको क्लब अल फुजाइराहको प्रशिक्षकबाट यो वर्षको सुरुमा बिदा भएका म्याराडोनालाई सोमबार औपचारिक प्रस्तुतिको क्रममा उनको रिङ्ग दिइएको थियो भने उनले केही सामानमा हस्ताक्षर गरे ।

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्