डा. केसीको माग सम्बोधन गर्न सरकारलाई युएएस नेपाल-पोलिसी रिसर्च सेन्टरको आग्रह

काठमाडौं- जुम्‍लामा १६ दिनदेखि अनवरत रुपमा अनसनरत डा.गोविन्द केसीको समर्थनमा अमेरिकामा रहेका संस्था युएएस नेपाल-पोलिसी रिसर्च सेन्टरले गम्भीर ध्‍यानाकर्षण भएको बताएको छ।

संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको चिकित्सा शिक्षा र उपचार सेवामा सर्वसाधारण नेपालीको पनि पहुँच होस भनी जायज र न्‍यायिक माग राखी विगत १६ दिन देखि अनसनमा बसिरहनु भएको छ। उहाँको जायज मागलाई दीर्घकालिन समाधानका लागि अमेरिका नेपाल पोलिसी रिसिभ सेन्टर नेपाल सरकार, राजनीतिक दलहरुको गम्भीर ध्‍यानाकर्षण गराउन चाहन्छ।’

यसका साथै उसले चिकित्सा शिक्षा सम्बन्धि केदारभक्त माथेमा आयोगको सिफारिस र विगतमा डा.केसीसँगको सम्झौता अनुरुप ल्‍याइएको विधेयकको मर्म विपरीत स्वास्थ्य शिक्षा र उपचार सेवामा व्‍यापारिक र दलगत स्वार्थ नराख्‍न समेत सरकारको ध्‍यानाकर्षण गरेको छ।

सरकारले गोविन्द केसीको जायज मागलाई सम्बोधन नगरेकोप्रति आपत्ति जानाउँदै प्राण रक्षाको लागि समेत आग्रह गरेको छ।

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्