आजदेखि लागू भयो बक्स अफिस, कुनकुन हलमा लागू भयो

मल्टिप्लेक्स अन्तर्गतका हलहरु

  1. सार्थक इन्टरटेन्मेन्ट (बिएसआर मुभिज), गोंगबु
  2. सेन्ट्रल सिनेमा प्रालि, सुन्धारा
  3. सिने–डि सेफ, सुन्धारा
  4. सिनेमार्क (क्युज) मुभिज, दरबारमार्ग
  5. जय नेपाल नक्साल
  6. कुमारी हल, कमलपोखरी
  7. म्याक्स इन्टरटेन्मेन्ट, बागबजार
  8. सिने स्टार प्रालि (बिग मुभिज), कमलपोखरी
  9. केएल सिनेमा सिटी, चुच्चेपाटी
  10. ललित सिनेमा (लविम), पुल्चोक
  11. क्युएफएक्स छाया, ठमेल
 

सिंगल थिएटर

  1. कलंकी चलचित्र मन्दिर, कलंकी
  2. श्री सिद्धार्थ सिनेमा प्रालि, बौद्ध
  3. गोपीकृष्ण मुभिज, चावहिल
  4. विश्वज्योति, जमल
  5. अष्टनारायण पिक्चर्स, बालाजु
  6. पृथ्वी चलचित्र मन्दिर प्रालि, बौद्ध
  7. गुण सिनेमा, ग्वार्को
  8. पुष्पाञ्जली, जडिबुटी
  9. बाराही मुभिज, सूर्यविनायक

काठमाडौँ- सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई-टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको छ ।

चलचित्र विकास बोर्डमा मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरेका हुन्।

उक्त अवसरमा सञ्चारमन्त्री बाँस्कोटाले फिल्म क्षेत्रमा भएको लगानीलाई सुरक्षित एवं प्रवद्र्धन गर्दै पारदर्शिताका लागि बक्स अफिस शुरु भएको बताए। बक्स आफिस लागू भएसँगै कलाकारिता क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उनले राज्यले राजश्व प्राप्त गर्ने विश्वास व्यक्त गरे।

सञ्चारमन्त्री बाँस्कोटाले ‘क्लिन फिड’ लागू गर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको तलब बैंकमार्फत दिलाउने व्यवस्था गर्ने तयारी भइरहेको बताए। उनले पत्रकार कल्याणकारी कोषलाई रु एक करोडबाट तीन करोड रुपैयाँ पुर्‍याउने जानकारी दिए।

देशका सबै भू–भाग फिल्म छायांकनका लागि उपयुक्त भएको भन्दै मन्त्री बाँस्कोटाले देशका सबै क्षेत्रलाई छायांकनका लागि सुन्दर स्थान छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए।

सम्भ्रान्त र पूँजीपतिका कथाभन्दा जनआन्दोलनका नायक तथा राष्ट्रिय गौरवका विषयमा फिल्म बन्नुपर्नेमा बताउँदै उनले सम्बन्धित पक्षले त्यस्ता विषयमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले बक्स अफिस कार्यान्वयनमा आएपछि चलचित्र क्षेत्रमा भएका विकृतिमा सुधार आउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा यस क्षेत्र पारदर्शी एवं जिम्मेवार भएर अघि बढ्ने बताए।

चलचित्र विकास बोर्डका सदस्यसचिव महेन्द्रप्रसाद साँखीले बक्स अफिसको लागू हुनु ऐतिहासिक काम भएको भन्दै यसलाई सही तबरले कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको बताए।

आजदेखि उपत्यकाका सबै हलमा लागू भएको हो भने उपत्यका बाहिरका हलमा माघ १ गतेदेखि लागू हुनेछ। उक्त प्रणाली जडान भएपछि प्रत्येक सिंगल र मल्टिप्लेक्स हलका सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउँछ। यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न भएका छन्। ‘बक्स अफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ।

कुन–कुन हलमा लागू भयो बक्स अफिस ?


मल्टिप्लेक्स अन्तर्गतका हलहरु


  1. सार्थक इन्टरटेन्मेन्ट (बिएसआर मुभिज), गोंगबु
  2. सेन्ट्रल सिनेमा प्रालि, सुन्धारा
  3. सिने–डि सेफ, सुन्धारा
  4. सिनेमार्क (क्युज) मुभिज, दरबारमार्ग
  5. जय नेपाल नक्साल
  6. कुमारी हल, कमलपोखरी
  7. म्याक्स इन्टरटेन्मेन्ट, बागबजार
  8. सिने स्टार प्रालि (बिग मुभिज), कमलपोखरी
  9. केएल सिनेमा सिटी, चुच्चेपाटी 
  10. ललित सिनेमा (लविम), पुल्चोक
  11. क्युएफएक्स छाया, ठमेल

सिंगल थिएटर


  1. कलंकी चलचित्र मन्दिर, कलंकी
  2. श्री सिद्धार्थ सिनेमा प्रालि, बौद्ध
  3. गोपीकृष्ण मुभिज, चावहिल
  4. विश्वज्योति, जमल
  5. अष्टनारायण पिक्चर्स, बालाजु
  6. पृथ्वी चलचित्र मन्दिर प्रालि, बौद्ध
  7. गुण सिनेमा, ग्वार्को
  8. पुष्पाञ्जली, जडिबुटी
  9. बाराही मुभिज, सूर्यविनायक
साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्