‘वी किल देम, मेस्सी अर नो मेस्सी’

विश्व विजेता फ्रान्सेली टोलीले विश्वकप फुटबलको उपाधि उचाल्ने क्रममा ठूला टिम र स्टार खेलाडीको सपना चकनाचुर पारेको छ ।

गएको आइतबार राति भएको फाइनल खेलमा क्रोएसियालई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व विजेता बन्यो । अहिले फ्रान्सेली टोली जितको खुशीमा छ । यो जितमा केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यानसहितका स्टार खेलाडीको भूमिका महत्वपूर्ण छ ।

यस्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने र फाइनल खेलमा गोल गर्ने खेलाडी हुन्, पउल पोग्बा । फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ हराएको थियो । त्यो खेलअघि पोग्बाले आफ्नो टिमका साथीमा उर्जा भर्नका लागि उत्प्रेरणात्मक सन्देश दिएका थिए ।

पोग्बाको त्यो स्पिच अहिले आएर सर्वावजनिक भएको छ । पोग्बाले अर्जेन्टिनासँगको खेलअघि भनेका थिए, ‘साथीहरु म मैदानमा आज योद्धाहरु देख्न चाहन्छु ।’

टिएफ १ मा प्रशारण भएको डकुमेन्ट्रीमा पोग्बाको स्पिचको फुटेज उनले भनेका छन्, ‘म घर फर्किन चाहन्नँ ।’

उनले अघि भनेका छन्, ‘हामीले शुखद अन्त्य पाउने छौँ । म आज राति पार्टी गर्न चाहन्छु । मैदानमा ज्यान दिएर खेल्न चाहन्छु, हामी सबै साथमा रहेर । म योद्धा चाहन्छु, जवान चाहन्छु ।’

पोग्बाको टिमले मेस्सीको टिम अर्जेन्टिनालाई ४–३ ले हराउँदै घर फर्काएको थियो ।

त्यो खेलअघि पोग्बाले भनेका रहेछन्, ‘आज हामीले उनीहरुलाई ‘किल’ गर्ने छौँ । मेस्सी अर नो मेस्सी, आई डन्ट केयर । हामी यो विश्वकप जित्न आएका हौँ ।’ पोग्बाले उरुग्वेसँगको सेमिफाइनल अघि पनि त्यस्तै सन्देश दिएका रहेछन् ।

साउन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्