बहुमूल्य मूर्तिसहित दुईजना पक्राउ

काठमाडौँ – महानगरीय अपराध महाशाखाले करिब १०० वर्ष पुरानो बहुमूल्य मूर्तिसहित दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले प्राचीन पुरातात्विक महत्वको मूर्ति बिक्री गर्न हिँड्दै गरेका पाल्पाका २७ वर्षीय दोलखबहादुर सोमई र काभ्रेपलाञ्चोकका ३७ वर्षीय दीपक मैनालीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले मैनालीको कोठामा रहेको मूर्ति सोमईलाई बेच्न दिएकाले दुवै जनालाई पक्राउ गरेको जानकारी दिए ।

ढलौटको मूर्ति आठ किलोग्राम १७० तौल र ३४ सेन्टिमिटर लम्बाइ रहेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

साउन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्