जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज

जुम्ला – जुम्लामा प्रहरीले डा. गोविन्द केसीका समर्थकमार्थि लाठी चार्ज गरेको छ । डा. केसीलाई प्रतिस्पथापन विधेयक फिर्ता नभइ जाने नदिने अडानका साथ उनको समर्थनमा रहेका डाक्टर, नर्स र आमनागरिकमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

सुरक्षा कारवाहीमा धेरै व्यक्ति घाइते भएका छन् । तर संख्या यकिन हुन नसकेको प्रत्यक्षदर्शीले बताए । यसलाई अस्पतालबाट डा. केसीलाई बल प्रयोग गरी हेलिकप्टरमा राखी अस्पताल ल्याउने तयारीका रुपमा हेरिएको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको २० दिनदेखि अनशनरत छन् ।

साउन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्