मापदण्ड बनाएर मात्र कर्मचारी सरुवा गर्न उर्जामन्त्रीको निर्देशन

फाइल तस्बिर।

काठमाडौं-उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

मन्त्रालयका सचिवहरु र मातहतका विभागका प्रमुखहरुलाई सरुवाको मापदण्ड बनाउन निर्देशन दिंदै मन्त्री पुनले त्यसपछि मात्र कर्मचारीको सरुवा गर्ने बताएका छन्।

निर्देशनका केही महत्वपूर्ण बुदाहरु

–सरुवामा मापदण्ड बनाएर काम काजमा सरुवा गर्ने।

–मापदण्ड भएपछि पुर्व अनुमान योग्य हुन्छ। वस्तुपरक आधारहरु हुन्छ।कर्मचारीले पनि समान अवसर पाउने वातावरणल हुन्छ।

–भनसुनले काम गर्ने भन्दा पनि सिस्टमले काम गर्ने खालको हुनुपर्छ । त्यसो गर्दा अनुचित लाभ र दबावले पनि काम गर्दैन्।

–मापदण्ड बनाएर गर्ने सरुवाले कर्मचारीलाई पनि उत्प्रेरित गराउंछ । सबै कर्मचारीको वृद्धि विकासमा समेत सहयोग पुर्‍याउँछ।

साउन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्