जुम्लामा घाइते प्रहरीको अवस्था चिन्ताजनक*

तस्बिर: डा. विषद् दाहाल

जुम्ला- जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन पुगेको सरकारी टोली र स्थानीय जनताबीच भएको विवादमा प्रहरीले गोली चलाउँदा घाइते भएका प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भएका छन्।

यसअघि जुम्लाका डीएसपी तपनकुमार दाहालले माइकिङका क्रममा आफ्ना साथीको ज्यान गइसकेको बताएका थिए। उनको गलत माइकिङले मृत्युको हल्ला फैलिएको जुम्लाका एक सरकारी अधिकारीले बताए।

गलत समाचार सम्प्रेषण भएकोमा देशसञ्चार परिवार उपाध्याय परिवार र पाठकहरुप्रति क्षमाप्रार्थी छ।*

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको अवस्था अहिले तनावग्रस्त छ।

केसीलाई प्रतिष्ठानबाट बाहिर ल्याउन स्थानीयले अवरोध पुर्‍याएपछि अहिले प्रहरीले माइकिङ गरी उनिहरुलाई हट्न निर्देशन दिएको छ। भिड हटेपछि प्रहरीले डा. केसीलाई काठमाडौँ ल्याउन हेलिकप्टर चढाएको थियो।

*यसअघि गलत सूचनाका कारण उपाध्यायको निधन भएको समाचार प्रकाशित भएको थियो।

साउन ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्