जहाँ बलात्कारलाई अपराध मानिदैँन

त्यो शहर जहाँ, बलात्कार सामान्य कुरा हो र हरेक तेस्रो व्यक्ति बलात्कारी

डिपस्लुट दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको सबैभन्दा खतरनाक क्षेत्रमध्ये एक हो, जहाँ महिलाको बलात्कार हुनु सामान्य कुरा हो।
यो शहरमा बस्ने दुई युवाले बिबिसीलाई भने कि उनीहरुले अहिलेसम्म धेरै महिलालाई बलात्कार गरिसकेका छन्। क्यामराको अगाडि यस्तो भन्दा उनीहरुको अनुहारमा अलिकति पनि असहजता देखिएको थिएन।

उनीहरुले दाबी गरे, उनीहरु यो गलत हो भन्ने बारेमा अनविज्ञ थिए। उनीहरुले कहिले पनि आफूलाई बलात्कारबाट पीडित महिलाको ठाउँमा राँखेर उनीहरुको पीडाको अड्कल लगाउने कोशिस गरेनन्।

उनीहरु क्यामरामा आफ्नो अनुहार देखाउन राजी थिए तर आफ्नो नाम गोप्य राख्न चाहन्थे। उनीहरुले सजिलैसँग आफ्ना अपराधको कथाहरु सुनाउँदै गए।

उनीहरुले भनेँ, ‘जब उसले ढोका खोल्थी, हामी उसको घरमा छिथ्यौँ र चक्कु निकाल्थ्यौँ। उनी चिच्याउथिन्। हामी उसलाई चुप लाग्न भन्थ्यौ। उसकै आच्छ्यानमा गएर हामी उसलाई बलात्कार गर्थौ।

दुबै युवकले एक अर्कालाई हेरे र भने, ‘यहाँसम्म की मैले एक पटक यसैको अगाडि यसको ‘गर्लफ्रेण्ड’ को बलात्कार गरेको छुँ।

यो बयान तर्साउने खालको छ तर डिपस्लुटमा यो सबै एकदमै सामान्य कुरा हो।

यो शहरको तीन मध्ये एक पुरुषले स्वीकारका छन्, उनीहरुले कम्तीमा एक पटक बलात्कार गरेका छन्। यो संख्या यहाँको जनसंख्याको ३८ प्रतिशत हो। यो कुरा सन् २०१६ मा भएको एक सर्वेक्षणमा पनि उजागर भएको थियो। यो सर्वेक्षणमा २६०० भन्दा धेरै पुरुषसँग कुरा गरिएको थियो।

केहि पुरुषले बताएका थिए की उनीहरुले एउटै महिलालाई दोहोराएर बलात्कार गरेका थिए।

मारिया, उनको घरमा नै बलात्कार भएको थियो। त्यो बेलामा उनकी छोरी सँगैको कोठामा निदाइरहेकी थिइन्। ‘मैले छोरी नबिउझियोस् भनेर प्रार्थना गरिरहेको थिए। मलाई डर थियो की त्यो मानिसहरुले मेरो छोरीलाई दुख दिन्छन्।’

मारियालाई बलात्कार गर्ने व्यक्तिले उसलाई भनेको थियो, ‘म यहाँ कसैलाई मार्न आएको हैन। मैले जे गर्न चाँहेको छुँ, मलाई गर्न देउ।’

मारिया भन्छिन्, ‘अनि मैले भने, ल जे गर्न मन छ गर, त्यसपछि उसले मेरो बलात्कार ग¥यो, यो दोस्रो पटक थियो।’

धेरै कम महिलाहरु बलात्कारीको विरोध गर्न सक्छन्। त्यो शहरमा बलात्कारलाई अपराध मानिदैन।

बितेको ३ वर्षमा डिपस्लुटमा बलात्कारको ५०० गुनासो दर्ता भएको छन् तर कुनै पनि मुद्दामा अहिलेसम्म कारवाही भएको छैन। यहाँको कानुन अरु मुद्दामा पनि त्यति सक्रिय छैन।

स्थानीय पत्रका गोल्डन एमटिका अपराधको रिपोर्टिङ गर्छन्। उनी भन्छन्, ‘राती यो शहरको बाटोमा निस्कन धेरै खतरनाक छ। केहि नराम्रो भयो भने मद्दत पाउन मुश्किल हुन्छ।’ रातको १० अथवा ११ बजे कसैको हत्या हुन सक्छ र प्रहरी भोलिपल्टसम्म शव बुझ्न आउँदैन।

उनका अनुसार कानुन भन्ने केहि छैन, यस्तैमा धेरै ठूला अपराधहरु भएका छन्। प्रशासन कारवाही गर्नुको साटो कानुनलाई आफ्नो हातमा लिन्छन्। अपराधिलाई सजाय दिनुको साटो पिटेर मारिन्छन्। यस्तो घटना हरेक साता हुन्छ।

एमाटिकाले समूह मिलेर तीन जनालाई पेट्रोल छर्केर आगो लगाएको घटनाको बारेमा बताए। ‘आफ्नै आँखाले कसैलाई जीउँदै जलेको देख्नु र तड्पिएको हेर्नु धेरै भयानक हुन्छ। त्यो भन्दा पनि अफ्ठेरो अवस्था भनेको केहि मद्दत गर्न नसक्नु हो। त्यो अवस्थामा सहयोग गरेको भए, म पनि त्यहि आक्रमणको शिकार हुन्थे म।’

प्रहरी उसको अगाडि यो घटना भएपनि हस्तक्षेप गर्दैन। यदि सजाय भोग्ने बलात्कारी हो भने कोहि पनि यस विषयमा बोल्दैनन्।

शहरका एक स्थानीय महिलाले भनेँ, ‘त्यस्तो मानिस मर्नु नै राम्रो हो। उनीहरु हाम्रो घरमा जबरजस्ती पसेर हाम्रै श्रीमानको अगाडि हाम्रो बलात्कार गर्छन् र हाम्रै श्रीमानलाई हेर भन्छन्।

यहाँका मानिस बलात्कारीलाई अग्लो भिरबाट खसाल्नुपर्ने बताउँछन्, तर अपराध कम भने भएको छैन।

यो शहर गरीबि र बेरोजगारीको समस्यासँग जुधिँरहेको छ। तर महिलाहरुको विरुद्धमा हुने अपराध र बलात्कारको सँस्कृतिले यहाँको आर्थिक स्थितीलाई अझै नराम्रो बनाएको छ।

साउन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्