केसीलाई भेटेपछि देउवाले भने : सबै माग पूरा हुनुपर्छ

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २१ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीलाई भेटर आन्दोलनप्रति एक्यबद्धता जनाएका छन् ।

शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर देउवाले केसीले उठाएका माग सरकारले पूरा गर्नैैपर्ने बताएका हुन् । जुम्लामा अनशनस बसेका केसीलाई सरकारले बिहीबार काठमाडौं ल्याएको थियो ।

भेटपछि देउवाले केसीले जायज माग उठाएकाले त्यसलाई पूरा गरेर उनको जीवन रक्षा गर्न आग्रह गरे । देउवाले केसी कसैले उचालेर नउचालिने व्यक्ति भएकाले आफूले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा आउनुपर्ने बताए ।

‘कांग्रेसले डा. केसीलाई उचालेको भन्नु नै गलत हो । कसैले उचालेर उहाँ उचालिने व्यक्ति नै होइन । अध्यादेशअनुसार विधेयक ल्याउने हो भने सबै माग पूरा हुन्छ, देउवाले भने ।

साउन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्