साउदीमा ३८ नेपाली अलपत्र पार्ने म्यानपावरमाथि कारबाही

प्रतीकात्मक तस्बिर

काठमाडौँ- साउदीमा ३८ जना नेपालीलाई अलपत्र पार्ने तीनजुरे र इम्पावरमेन्ट नामका म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारवाही गरेको छ।

शुक्रबार विभागमा बोलाई ती कम्पनीको कारोबार रोक्का गर्दै तत्काल उद्धार गर्न निर्देशन समेत दिएको छ। उता अलपत्र ३८ मध्ये १६ जना त्यहाँस्थित दूतावासको सम्पर्कमा पुगेका छन्। उनीहरुको तत्कालको खाने तथा बस्ने व्यवस्थाका लागि एनआरएन साउदीले पहल गरेको छ।

बिहीबारमात्रै विभागले पीडितका आफन्तहरुसँग छलफल गरेको थियो। साउदीमा ३८ जना नेपाली अलपत्र परेको खवर सार्वजनिक भएसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तत्काल उद्धारको पहल गर्न, सम्बन्धित म्यानपावर कम्पनीलाई कारवाही गर्न विभागलाई निर्देशन दिएका थिए।

साउन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्